मंगलबार , बैसाख २९, २०८३

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए।

उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि काठमाडौं आएका थिए।

प्रधानमन्त्री देउवाले पतञ्जली योगपीठको कार्यालयमै गएर ती दुई टेलिभिजनको शुभारम्भ गरेका थिए। उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूको सहभागिता थियो।

विभागका प्रवक्ता भरत गौतमले प्रधानमन्त्री स्वयंले उद्घाटन गरेको टेलिभिजनको दर्ता प्रक्रियाबारे विवाद आएपछि अनुसन्धान अघि बढाइएको बताए। ‘सम्माननीय प्रधानमन्त्रीज्यू पनि उद्घाटन कार्यक्रममा सरिक हुनुभएको हुनाले यो विषयमा के हो भनेर जानकारी लिने प्रक्रियामा छौं,’ उनले भने,’ अनुसन्धान त गर्नु पर्‍यो नि, कानुनी ट्रयाकमा छ कि छैन भनेर हेर्नुपर्‍यो।’ उनले उक्त टेलिभिजनहरू ऐनअनुसार प्रसारण भएका छन् कि छैनन् भनेर अनुसन्धान भइरहेको बताए।

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी बर्जित गरेको छ। ती च्यानल सम्बन्धित निकायमा दर्तासमेत नभएको पाइएपछि सर्वत्र आलोचना हुन थालेको छ। यो समाचारअन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP