बिहिबार , बैसाख २५, २०८२

नेकपा एमाले फुटेपछि १०औं महाधिवेशनको मुखमा छ । नवौं महाधिवेशनमा एमाले एकजुट थियो । अध्यक्षमा केपी शर्मा ओलीले माधवकुमार नेपाललाई झीनो मतले पराजित गरेका थिए । दुवैको आधा आधा शक्ति थियो ।

एमाले फुटेपछि ओलीको पार्टीभित्र ९० प्रतिशत शक्ति देखिएको छ । विरोधी शक्तिहरु पनि विभाजित देखिएका छन् ।

एमाले नफुटेको भए ओलीलाई अध्यक्ष बन्न कडा चुनौती मिल्थ्यो । उनलाई माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम जस्ता नेताहरुले मुश्किल बनाउथे । उनीहरु एमालेमा नरहेपछि ओलीको एकलौटी जस्तै भएको छ ।

ओलीले एमाले फुटेपछि विधान महाधिवेशन गर्न सफल भए । यो उनलाई अर्को कार्यकाल अध्यक्ष बन्ने ढोका खोल्नका लागि भएको थियो । एमालेको नवौं महाधिवेशनमा ७० वर्ष कटेपछि केन्द्रीय तहको कुनैपनि पदमा बस्न नपाउने विधानमा पारित गरेको थियो । यो हिसाबले ओली अबको केही महिनापछि अध्यक्षबाट हट्नुपर्ने हुन्थ्यो । महाधिवेशन फागुनपछि भएमा मात्र पनि चुनाव लड्न पाउँदैनथिए ।

ओलीले एमाले फुट्दा विधान संशोधन गरी ७० नकट्दै चुनाव जितेको नेता उमेर हद पारित गर्दा पनि उक्त कार्यकाल पार्टी कमिटीमा रहन पाउने बनाए । जसका कारण ओलीका लागि नेतृत्वमा फेरि पुग्ने ढोका खुल्यो । एमाले नफुटेको भए विधान संशोधन सजिलो थिएन ।

एमाले नफुटेको भए नयाँ पुस्ता उदाउदैनथियो । अब एमालेको कमिटीमा ठूलो संख्यामा नयाँ पुस्ताकाहरु देखिदैछन् । अवसरका ढोकाहरु खुलेका छन् । नेतृत्वमा रहेको जाम हट्न थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP