शनिबार , भाद्र १३, २०८३

खाना खाएपछि रेस्टुरेन्ट वा भोजनालयले सौंफ खानका लागि कुनै ट्रेमा राखेका हुन्छन् । होटेल वा रेस्टुरेन्टमा खाना खाएपछि सौंफलाई हामी माउथ फ्रेसनरको रूपमा प्रयोग गर्छौ । तर खाना खाएपछि सौंफ खाँदा खाएको खाना सजिलै पचाउन मद्दत गर्नुका साथै पाचन क्रियालाई पनि सजिलो बनाउने गर्छ ।

सौंफमा पोटासियम र सोडियमको मात्रा प्रचुर हुने गर्छ । पोटासियमले रगतमा रहेको सोडियमको मात्रालाई नियन्त्रण गरेर यसको दुष्प्रभावलाई नियन्त्रण गर्ने गर्छ । यो बाहेक सौंफमा नाइट्रेडको मात्रा पनि धेरै रहेको हुन्छ । यसले शरीरको उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ । विभिन्न किसिमका पोषक तत्त्वले भरिपूर्ण रहेको सौंफको सेवन गरेर हाम्रो शरीरलाई धेरै पक्षबाट फाइदाजनक बनाउन सकिन्छ ।

हत्केला र पैतालाको जलन
धेरैलाई हत्केला र पैताला पोल्ने समस्या हुन्छ । यदि हत्केला र पैताला पोल्ने समस्या छ भने सौंफको नियमित सेवनले यसलाई हटाउन सकिन्छ । यसका लागि सौंफलाई भुटेर त्यसको धुलो बनाउने । यसरी बनाएको धुलोलाई एक चम्चा चिनीको साथ बराबर मिलाएर खाने गरेमा हत्केला र पैताला पोल्ने समस्याबाट छुटकारा पाउन सकिन्छ । यस्तो किसिमको पाउडर खाना खाएपछि १० ग्रामको मात्रामा सेवन गर्ने गर्नुपर्छ ।

पाचन क्रिया र आँखा
भोजन गरेको ३० मिनेट पछि सौंफको सेवन गर्ने हो भने यसले रगतमा रहेको कोलेस्ट्रोलको मात्रालाई कम गर्छ । भोजन गरेपछि सौंफ खाँदा यसले कलेजो र आँखाको ज्योतिलाई पनि राम्रो गर्छ ।

नियमित महिनावारी
महिलाहरूमा महिनावारी नियमित नहुने समस्या धेरैमा हुन्छ । महिनावारीको समयमा पेट दुख्ने समस्या पनि धेरैलाई हुने गर्छ । यस्तो समस्या भने सख्खरको साथमा सौंफको सेवन गर्नु राम्रो हुन्छ । यसको नियमित सेवनले महिनावारीका धेरै किसिमका समस्याहरू बिस्तारै समाधान हुदैं जानेछन् ।

कफको समस्या
सौंफको सेवनले कफ र घाँटीको दुखाइलाई पनि कम गर्न मद्दत गर्छ । एक कप पानीमा १ देखि डेढ चम्चा सौंफलाई हालेर उमाल्ने । उम्लेको सौंफलाई दैनिक २–३ पटक खाने हो भने यसले पेटमा रहेको एसिडिटी र कफको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP