
आइतबार विज्ञप्ति जारी गर्दै सो पार्टीका अध्यक्ष युवराज सफलले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि भई सहभागिता जनाउने प्रधानमन्त्री तथा अन्य सत्तारुढ दलका नेताहरुको व्यवहार खेदजनक रहेको जनाएका हुन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘भारतमा समेत पतञ्जलीको उत्पादनमा रोक लगाएको अवस्थामा नेपालमा भने पतञ्जलीको उत्पादनलाई प्रश्रय दिन लागिएकाले तत्काल यो कदमको विरुद्ध लाग्न आम नागरिकलाई समाजवादी केन्द्र नेपाल जोडदार माग गर्दछ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जलीद्वारा सञ्चालित आयोजनालाई जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको भन्दै सो पार्टीले त्यस्तो नगर्न चेतावनीसमेत दिएको छ । ‘नेपाली सञ्चार क्षेत्रको सुधार र तिनलाई सुविधा दिनुको सट्टा गैरकानुनी रुपमा खोलिएको टेलिभिजनलाई महत्व दिने कदमको समाजवादी केन्द्र भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल पतञ्जलीका सम्पूर्ण आयोजना छोडी भारत जान पनि पतञ्जली योगपीठसँग सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न चाहन्छौँ ।’