मंगलबार , भाद्र १६, २०८३

ठोरी गाउँपालिकामा ८ बिघामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । पालिकाका वडा नं ३ र ४ मा रहेको गाँजा खेती शनिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि कात्तिक २९ गते पनि प्रहरीले तीन वडामा ११ बिघा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो । प्रहरीका अनुसार मानव बस्ती नजिक गाँजा खेती फेला परेको हो ।

गाँजा फडानी गरे पनि प्रहरीले खेती गर्ने किसान पत्ता लगाउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले स्थानीय तहको असहयोगको कारण गाँजा खेती लगाउने जग्गा धनीको पहिचानमा समस्या भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP