मंगलबार , बैसाख २९, २०८३

नेपालका लागि रेलमार्फत कार्गो ढुवानीमा निजीक्षेत्रको प्रवेशसँगै प्रतिस्पर्धाका आधार विस्तार हुँदै गएको छ । भारतीय निजी रेलसेवा प्रदायकहरू प्रतिस्पर्धामा देखिएका छन् ।
गत भदौको अन्तिम सता हिन्द टर्मिनलको रेल पहिलोपटक वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएपछि प्रतिस्पर्धा शुरू भएको हो । रेल सेवा सम्झौता संशोधनमार्फत भारतीय कन्टेनर निगम (कोन्कर) को एकाधिकार तोडिएको थियो ।

हिन्द टर्मिनलको रेल नेपालका लागि कन्टेनर बोकेर वीरगञ्ज सुक्खा बन्दरगाहमा भित्रिएकै दिन कोन्करले आफ्नो भाडा दर ३० प्रतिशत घटाएको थियो । प्रतिस्पर्धी कम्पनीलाई प्रभावित पार्ने उद्देश्यले भाडामा ठूलो कटौती गरिएको भन्दै कोन्करको कदमबाट निजी कम्पनीले सेवालाई निरन्तरता दिनेमा आशंका गरिएको थियो ।

हिन्द टर्मिनलले सेवलाई निरन्तरता दिएको सुक्खा बन्दरगाह सञ्चालक प्रिस्टाइन भ्यालीले बताएको छ । प्रिस्टाइनका कार्यकारी निर्देशक बी मोहनले अहिलेसम्म हिन्द टर्मिनलले वीरगञ्ज सुक्खा बन्दरगाहमा सातओटा रेल र्‍याक भित्र्याइसकेको जानकारी दिए ।

‘हिन्द टर्मिनलले ७ ¥याक कन्टेनर ढुवानी गरिसकेको छ । अन्य कम्पनी पनि सेवा दिने अन्तिम तयारीमा छन्,’ मोहनले भने । हिन्द टर्मिनलले अहिलेसम्म ६३० ओटा कन्टेनर वीरगञ्ज बन्दरगाहमा ल्याइसकेको छ ।

प्रिस्टाइन भ्यालीको मुख्य साझेदारका रूपमा रहेको भारतीय कम्पनी प्रिस्टाइन लजिस्टिक इन्फ्रा प्रोजेक्ट्सले पनि केही दिनमै सेवा शुरू गर्ने भएको छ । भारतमा बन्दरगाह र रेल सेवा चलाइरहेको जेएन बक्सी समूह पनि कन्टेनर ढुवानीको तयारीमा रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP