
भारतकाे आन्ध्र प्रदेशमा आएको अविरल वर्षापछिको बाढीबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन् ।
बाढीका कारण तिरुपती सहरमा हजारौं तीर्थयात्री फँसेका छन् । तिरमला पहाडको चुचुरोमा रहेको श्री भेनकटेस्वरा मन्दिरमा दर्शन गर्न हिँडेका सयाैं तीर्थयात्री अलपत्र परेका छन् ।
सडक बगाउँदा यात्रु बोकेर तिरुपतीतर्फ जाँदै गरेका तीनवटै बस बाटोमै फँसेका छन् । बाढीले आन्ध्र प्रदेशका धेरै स्थानको सडक बगाएको छ । बाढीबाट सबैभन्दा बढी रायलासीमा क्षेत्र प्रभावित भएको छ । त्यस्तै, बाढीका कारण चित्तोर, कादपा, कर्नुल र अनन्तपुर जिल्ला प्रभावित छन् ।
बाढीमा परी २४ हजार मानिस प्रभावित भएका छन् भने करिब एक हजार ६०० घर पूर्ण रूपमा नष्ट भएका छन् ।
बिहीबारदेखि परेको वर्षाका कारण चेयुरु नदी बहाब बढेको छ । बाढी प्रभावितको उद्दारका लागि राष्ट्रिय र राज्य विपद् समूह परिचालन गरिएको छ ।