शुक्रबार , भाद्र १२, २०८३

हिन्दु धर्ममा सूर्यलाई प्रत्यक्ष देव भनिन्छ । सूर्यको किरणले पृथ्वी प्रकाशमय हुने भएकाले यसलाई जीवनको आधार समेत मानिन्छ । धर्ममा देवता हुनका साथै ज्योतिष मान्यतामा सूर्य ग्रह पनि हो । यसलाई नौ ग्रह मध्ये सबैभन्दा महत्वपूर्ण मानिन्छ । त्यसैले कुण्डलीमा सूर्यको स्थिति कमजोर भए मान–सम्मान र सुख–समृद्धिमा कमी हुने मान्यता छ । सूर्यको स्थिति बलियो पार्न र सुर्य देवलाई प्रसन्न पार्न आइतबार पूजा र केहि उपाय अपनाउनु पर्दछ ।

१. हरेक नित्य बिहान सबेरै उठेर स्नान गरी सूर्य देवलाई जल अर्पण (अर्घ) गर्नु पर्दछ ।

२. यो कार्य साताभरी सम्भव नभए पनि आइतबार भने गर्नुपर्ने मान्यता छ ।

३. उदाउँदो सुर्यलाई जल अर्पण गर्दा यसमा सख्खर मिसाएर अर्घ दिनु शुभ मानिन्छ ।

४. सूर्य देवलाई रातो रंग मनपर्ने भएकाले जलमा एक चिम्टि कुमकुम मिसाउन सकिन्छ ।

५. आइतबार जल अर्पण गर्दा रातो फूल पनि सूर्य देवलाई अर्पित गर्नु पर्दछ ।

६. रातो फुल र कुमकुम हालेका जल बरको रुखमा चढाए सूर्य देव प्रसन्न हुने मान्यता छ ।

७. आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्न अत्यन्त प्रभावशाली मानिन्छ ।

८. कुण्डलीमा सुर्य मजबुत पार्न आइतबार सुर्य देवको नुन नखाई व्रत बस्नु पर्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP