शनिबार , भाद्र १३, २०८३

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले माल्दिभ्सबाट सिजनको लिग खेल्ने भएका छन्।

किरण माल्दिभ्सको शीर्ष डिभिजन खेल्ने क्लब माजिया एससीमा आबद्ध भएका हुन्। उनी सिजन २०२१/२२ सिजनका लागि आबद्ध भएका हुन्।

किरणले माजियामा आबद्ध भएपछि खुसी व्यक्त गर्दै प्रत्येक खेलमा आफ्नो शतप्रतिशत दिने बचन दिएका छन्।

किरण शुक्रबार माल्दिभ्स गएका थिए। त्यहाँ पुगेपछि उनले शनिबार माजियासँग आबद्ध भएको सार्वजनिक गरेका हुन्।

माजिया सन् २०१९-२० र २०२०-२१ सिजनको च्याम्पियन हो। माल्दिभ्सको शीर्ष डिभिजनको लिग ६ पटक खेलेको माजियाले तीन पटक उपाधि जितेको छ। माजिया एक पटक दोस्रो र एक पटक तेस्रो भएको छ।

किरणले गत सिजन भारतको पञ्जाव एफसीबाट आइ लिग खेलेका थिए। लिगका १५ खेल मध्ये १४ खेल खेलेका किरणले ७ खेलमा क्लिनसिट राखेका थिए। जुन सिजनकै सर्वाधिक क्लिनसिट हो। जसका कारण उनले सिजनको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए। राष्ट्रिय टिम र क्लब फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका किरणले केही महिनाअघि एसियाको साताको उत्कृष्ट खेलाडीको अवार्ड पाएका थिए।

यसअघि सन् २०१८ मा किरण माल्दिभ्सको लिगमा पनि उत्कृष्ट गोलकिपर घोषित भएका थिए। किरणले सो सिजनमा टिसी स्पोर्ट्सलाई माल्दिभ्सको लिगको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP