
मृत्यु हुने बेला अधिकांश व्यक्तिलाई छटपटी हुन्छ । अमेरिकाकी एक अनुभवी नर्स जुलीले मृत्यु हुनुअघि देखिने लक्षण र बोल्ने शब्दबारे केही खुलासा गरेकी छन् ।
अस्पतालमा लामो समय अर्थात् १४ वर्षसम्म काम गरेकी र बिरामीको मृत्यु नजिकबाट देखेकी नर्स जुलीले आफूले देखेको कुरा खुलासा गरेकी छन् ।
मृत्यु हुनुअघि मान्छेको श्वास लिने तरिका परिवर्तन हुने उनले बताइन् । ‘यसबाहेक छालाको रंग परिवर्तन हुन्छ, ज्वरो आउँछ र बारम्बार नजिकका आफन्त र नातेदारको नाम लिन्छन्,’ उनले भनिन्, ‘मर्नुअघि बढी मान्छे सामान्यतया ‘आई लभ यू’ भन्छन्, आफ्ना मृत्यु भइसकेका आमाबुवालाई पुकार्छन् ।’
पहिल्यै मरिसकेका व्यक्तिहरू घरमा आएको देखिने लक्षण समेत मृत्यु हुनुअघि देखिने नर्स जुलीले बताइन् ।