मंगलबार , अषोज २७, २०८३

तपाई कागती पानी कतिको पिउनु हुन्छ ? यदि पिउनु हुन्छ भने खुसीको खबर । कागती पानी पिउनेहरूले नपिउनेको तुलनामा धेरै स्वास्थ्य लाभ पाउँछन् ।

कागतीमा भिटामिन ‘सी’ पर्याप्त मात्रामा पाइने भएकाले यसको सेवनले छाला स्वस्थ र चम्किलो हुन्छ । यति मात्रै हैन, शरीरमा स्फूर्ति पनि बढ्छ । कागती पानी पिउनुको धेरै फाइदा भनेको तौल घटाउन सहयोग पुग्नु हो । अरु के के छ त फाइदा –

– बिहान बिहान कागती पानी सेवन गरेमा यसले प्रतिरक्षा प्रणाली बलियो बनाउँछ ।

– कागती पानीको सेपनले रक्तसञ्चारसँग जोडिएका समस्यामा लाभ पुग्दछ ।

– आँखाको समस्याबाट बच्न पनि कागती पानीले लाभ पुर्याउँछ ।

– मधुमेह रोगीकालागि समेत कागती पानीले फाइदा गर्छ ।

– खाली पेटमा कागती पानी पिएमा शरीरबाट विषालु पदार्थ निष्कासनमा सहयोग पुग्छ ।

– कागती पानी पिएमा शरीरमा खतरनाक ब्याक्टेरियाको विकास र वृद्धि रोक्न सहयोग पुग्छ ।

– रुघाखोकीको उपचारमा कागती पानीको सेवन उपयोगी हुन्छ ।

– मस्तिष्कलाई पोषित गर्न र स्नायुकोषहरू स्वस्थ राख्न कागतीले सहयोग गर्छ ।

– कागतीले घुँडा र जोर्नीहरूको पीडा कम गर्छ साथै युरिक एसिडलाई विघटित गरिदिन्छ ।

– एन्जाइम प्रदान गरेर कागतीले कलेजोलाई पनि स्वस्थ राख्छ ।

– कागती पानीले कलेजोमा अक्सिजन र क्याल्सियमको मात्रा सन्तुलन गर्छ ।

– हरेक दिन कागती पानी पिएमा मिर्गौलामा पत्थरी बन्न पाउँदैन ।

– कागती पानीको नियमित सेवनले पत्थरीलाई विघटित पारेर बाहिर निकाल्न मद्दत गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP