मंगलबार , बैसाख २९, २०८३

प्रधानन्यायाधीश चोलेन्द्र जबराले आफू न्यायाधीश हुँदा गरेका गलत फैसलाका कारण सार्वजनिक पोखरी नै व्यक्तिका नाममा पुगेको छ । जसका कारण वीरगञ्ज छपकैयामा मेनरोडसँगै जोडिएको पोखरी मासिने अवस्थामा छ । ३ बिघा १७ कट्ठामा रहेको यो पोखरी २०२२ सालको सर्भे नापीले ऐलानी जग्गामा रहेको देखाएको छ ।

तर जबराका नातेदारसमेत पर्ने प्रमोदविक्रम शाहले अर्बौं रुपैयाँ मूल्य पर्ने पोखरीको जग्गा चलखेल गरी आफ्नो नाममा पारेका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयी सरावगी छपकैयाको पोखरी महानगरकै रहेको बताउँछन् । केही व्यक्तिले फर्जी कागजातका आधारमा आफ्नो नाममा दर्ता गरेको र त्यो आफूहरुले नमान्ने उनको भनाइ छ । व्यक्तको नाममा दर्ता कायम गरिएको निर्णय बदरका लागि महानगरले सम्बन्धित निकाय र कार्यालयहरूमा तीन वर्षअघि नै पत्र लेखेर आग्रह गरिसकेको पनि सरावगी बताउँछन् ।

छपकैयावासीले धार्मिक तथा सांस्कृतिक कार्यका लागि यो पोखरी उपयोग गर्दै आएका थिए । जग्गा कारोबारीले २०७२ असारमा माटोले पुर्न थालेपछि व्यक्तिको नाममा पुगेको खुलेको थियो । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीशद्वय जबरा र दीपकराज जोशीको संयुक्त इजलासले २०७१ भदौ ८ मा उक्त पोखरी शाहको नाममा कायम रहेको फैसला गरेको थियाे । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP