मंगलबार , भाद्र १६, २०८३

अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्।

लुले अन्य मुलुकले पनि एमसिसी परियोजना माग गरेको बताउँदै नेपालले अनुमोदन नगरे अरूलाई नै दिने स्पष्ट पारेको दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। लुले सन् २०१४ डिसेम्बरमा एमसिसी सञ्चालक मण्डलले नेपाललाई छनोट गरेको उल्लेख गर्दै यही डिसेम्बरसम्ममा अनुमोदन नभए फिर्ता लैजाने स्पष्ट पारेका थिए।

जवाफमा दाहालले एमसिसी नलिने नभनेको स्पष्टीकरण दिँदै राष्ट्रिय सहमति जुटाएर सकारात्मक रूपमा अघि बढाउने बताएका थिए। उनले एमसिसीको पछिल्लो संशोधनले विवाद ल्याएको बताउँदै सबै दलसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पारेको मल्लले जानकारी दिए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP