शुक्रबार , जेठ ३, २०८२

अवैध रुपमा नेपाल प्रवेश गरेका ११ जना अफगानी नागरिकलाई गृह मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर)को जिम्मा लगाउने निर्णय गरेको छ ।

गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले नेपालमा पक्राउ परेका ११ जना अफगानी नागरिकलाई यूएनएचसीआरको जिम्मा लगाउने निर्णय भएको पुष्टि गरे । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई ८ कात्तिक २०७८ मा काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो ।

सीआईबीले उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाएको थियो । तीमध्ये ५ जनालाई विभागले उनीहरुकै इच्छा बमोजिम १४ कात्तिकमा मेक्सिको पठाएको थियो । तर मेक्सिकोको अध्यागमनले उनीहरुलाई नेपाल फिर्ता पठाइदिएको थियो ।

स्रोतका अनुसार जुन देशबाट भिसा जारी भएको हो, त्यहीँबाट आउनु पर्नेभन्दै मेक्सिकोले उनीहरुलाई फिर्ता पठाएको थियो । त्यसपछि विभागले कुनै निर्णय गर्न सकेको थिएन ।

अध्यागमन ऐनमा सरकारको स्वीकृतिमा अवैधरुपमा नेपाल प्रवेश गर्नेलाई गरिने कारबाहीबारे निर्णय गर्ने उल्लेख थियो । कानूनतः यसरी समातिने व्यक्तिलाई जुन देशबाट आएका हुन्, त्यहीँ फर्काउनुपर्ने हो ।

तर भारत हुँदै नेपाल प्रवेश गरेका उनीहरुलाई गृहले त्यहाँ फर्काएन । स्रोतका अनुसार भारतीय अधिकारीहरुले ११ जनालाई फिर्ता नगर्न दबाब दिएका थिए ।

अब यूएनएचसीआरले उनीहरुलाई ‘अर्वन रिफ्यूजी’ को प्रमाण पत्र दिनेछ, त्यो कागज तयार भएपछि प्रहरीले उनीहरुलाई फेरि पक्राउ गर्न पाउने छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP