सोमबार , भाद्र १५, २०८३

नेपाली काँग्रेसको प्रदेश निर्वाचन क्षेत्र अधिवेशनअन्तर्गत रुपन्देहीमा दुईवटा समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । शुक्रबार बिहान ८ बजेबाट सुरु भएको निर्वाचन प्रकृया अन्तर्गत नेतृत्व चयनका लागि मतदान भइरहेको छ ।

उम्मेदारी दर्ता दाबी विरोध सकिएपछि अधिकांशका ठाउँमा बिहान ११ बजेबाट मतदान सुरु भएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले जानकारी दिए । रुपन्देहीमा प्रदेश सभाका १० वटा निर्वाचन क्षेत्रमा काँग्रेसको अधिवेशन भइरहेको छ, जसमा रुपन्देही क्षेत्र नम्बर ५ को प्रदेश सभा (क) मा भने विन्दराम यादव सर्वसम्मत् रुपमा सभापति चयन भएका छन् । यादवसहित उनको प्यालन नै सर्वसम्मत् चयन भएका हुन् ।

अन्य नौ वटा क्षेत्रमा दुईवटा समूहले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिरहेका छन् ।

को को छन् चुनावी मैदानमा ?

गृहमन्त्री बालकृष्ण खाण र प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति भरत शाहको गृह जिल्ला रुपन्देहीमा संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने देखिन्छ । खाण र शाह दुवै देउवा पक्षका नेता हुन् । यद्यपि जिल्लामा भने उनीहरु विभाजित देखिन्छन् ।

रुपन्देही–१ को प्रदेशसभा (क) मा नवीन आचार्य र मदन पोखरेल सभापति पदका लागि प्रतिस्पर्धामा छन् । आचार्य देउवा निकट हुन् भने पोखरेल पौडेल निकट मानिन्छन् ।

सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (ख) मा सरोज जिसी र अवध बिहारी दुवे सभापति पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । जिसी देउवा पक्षका हुन् भने दुवे पौडेल निकट मानिन्छन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) मा देउवा समूहबाट माधवलाल देवकोटा र पौडेल समूहबाट खड्गबहादुर महतले उम्मेवारी दिएका छन् । प्रदेशसभा (ख) मा देउवा समूहबाट रामेश्वरप्रसाद श्रेष्ठ, पौडेल समूहबाट पर्शुराम ढकालले सभापतिमा उम्मेवारी दिएका छन् ।

रुपन्देही–३ अन्तर्गत प्रदेशसभा (क) मा देउवा समूहबाट सुरेन्द्रजंग थापा र पौडेल समूहबाट पुरनप्रसाद श्रेष्ठ, प्रदेशसभा (ख) मा देउवा समूहबाट घनश्याम चालिसे र पौडेल समूहबाट दुर्गा चापागाईं सभापति पदमा उम्मेदवार बनेका छन् । यस्तै, क्षेत्र नम्बर ४ को प्रदेशसभा (क) मा देउवा समूहबाट राजकुमार सिंह र पौडेल समूहबाट शिवकुमार यादव, क्षेत्र नम्बर ४ को प्रदेश सभा (ख) मा देउवा समूहबाट अशोककुमार त्रिपाठी र पौडेल समूहबाट श्रीराम यादवले नेतृत्वका लागि उम्मेदवारी दिएका छन् ।

क्षेत्र नम्बर ५ को प्रदेशसभा (क) मा विन्दराम यादव निर्विरोध भएका छन् । उनको नेतृत्वमा प्यानल नै निर्विरोध निर्वाचित भएको लुम्बिनी प्रदेशसभाका काँग्रेस सचेतक फखरुद्दीन खानले बताए ।

यस्तै क्षेत्र नम्बर ५ को प्रदेशसभा (ख) मा देउवा समूहबाट रामबहादुर थापा र पौडेल समूहबाट गुरु घिमिरे सभापति पदका लागि प्रतिस्पर्धामा छन् ।

प्रदेशसभा क्षेत्र निर्वाचनमा सो क्षेत्रभित्रका गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिका वडा अधिवेशनबाट निर्वाचित प्रदेशसभा क्षेत्रीय प्रतिनिधि, प्रदेशसभा निर्वाचन क्षेत्र भित्रका गाउँ÷नगर÷उपमहानगर÷महानगरपालिकाका कार्य समितिका सभापति र वडा कार्य समितिका सभापति मतदाता हुन्छन् । रुपन्देहीमा रहेका ९ वटा मतदानस्थलमा ठुलाठुला बोर्ड र पोस्टरमार्फत उम्मेदवारले आफ्नो प्रचारप्रसार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP