मंगलबार , भाद्र १६, २०८३

सरकारले खाडी मुलुक इराकमा वैदेशिक रोजगारीमा जान रोक लगाए पनि मानव तस्करले सेटिङ गरी नेपालीलाई उक्त मुलुक पु¥याइरहेको पाइएको छ । मानव तस्करले सेटिङ गरी भिजिट भिसामा दुबई हुँदै इराक पठाइरहेको स्रोतको दाबी छ ।

तलब सुविधा र ज्यानको सुरक्षा नभए पनि दलालहरुले इराकको रोजगारीका नाममा चार लाख रूपैयाँसम्म असुली गर्ने गरेको बताइएको छ । उक्त गिरोहले आकर्षक तलब सुविधाको प्रलोभन दिएर काठमाडौंमा आधा रकम लिने र आधा रकम इराक पुगे पछि दिने शर्तमा यो धन्दा चलाइरहेको इराक पुगेका एक कामदारका आफन्तले बताए ।

मानव तस्करहरुले पछिल्लो समय गोर्खा, तनहूँ, लमजुङ, काल्की लगायतका जिल्लाहरुबाट सयौंको संख्यामा सुवाहुलाई इराक पठाइरहेको बुझिएको छ । दुबईमा बराकको धन्दा गर्ने मानव तस्करहरुको निकै चलखेल बढिरहेको छ ।

विगतमा भारत र तेस्रो मुलुकका विमानस्थलबाट लैजाने तस्करहरूले हाल नेपालकै अध्यागमन र एयरलाइन्सका कर्मचारीसँगको मिलेमतोमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इराकÞ पठाइरहेको बताइएको छ । उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राति उडान गर्ने फ्लाइटबाट भ्रमणको उद्देश्य नखुले पनि आर्थिक मिलेमतोमा प्रस्थान अनुमति दिने गरेको पनि श्रोतले बतायो ।

नेपालबाट खाडी मुलुक भिजिटमा जान चाहनेले एक हजार अमेरिकी डलर, दोहोरो हवाई टिकट र होटल बुकिङको कागजपत्र देखाउनु पर्छ । मानव तस्करी गिरोहले अध्यागमनले तोकेका सबै प्रािक्रया पु¥याइदिने गरेको पनि बताइएको छ । मध्यान्ह दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP