बुधबार , जेठ ८, २०८२

अपरेटिङ सिस्टम (सञ्चालन प्रणाली) नेपालमै बनाउने योजनासहित भूउपग्रह प्रक्षेपणको प्राविधिक तयारीमा नेपाली वैज्ञानिक जुटेका छन् । ‘नेपाली स्याट–२ पदयात्री’ नाम रहने यो भूउपग्रह अघिल्लो भूउपग्रह ‘नेपाली स्याट–१’ भन्दा तीन गुणा ठूलो हुनेछ ।

सबै काम निर्धारित समयमा भ्याइए सन् २०२२ सम्ममा स्याटेलाइट प्रक्षेपण गर्ने तयारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को छ । नास्टको सहयोगमा डा. आभास मास्केसहित १० जना नेपाली युवा वैज्ञानिक भूउपग्रह निर्माणमा तल्लीन छन् । जापानको क्युटेक विश्वविद्यालयसँग मिलेर ‘नेपाली स्याट–१’ निर्माण गरी अमेरिकाबाट प्रक्षेपण गरिएको थियो ।

यसपटक नेपाली इन्जिनियरले नेपालमा भूउपग्रहको प्रारूप बनाइसकेका छन् । यसलाई भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इस्रो)मा लगेर भूउपग्रह निर्माणसम्बन्धी विभिन्न परीक्षण गरिएको छ ।

नास्टका प्रवक्ता सुरेशकुमार ढुङ्गेलले भने, “यस परीक्षणबाट हामीलाई निकै सफलता हात परेको छ ।” विदेशको प्लेटफर्म प्रयोग गरेर भए पनि नेपालीले भूउपग्रह निर्माण गरिसकेको स्मरण गर्दै प्रवक्ता ढुङ्गेलले भने, “नेपालमै स्याटेलाइट निर्माण गर्न सकिन्छ भन्ने सन्देश दिन यो परियोजना सुरु गरेका हौँ ।”

उनले भने, “स्याटेलाइटको अपरेटिङ सिस्टम नेपालमै पनि बनाउन सकिन्छ कि भनेर अनुसन्धान गर्दैछौँ । अपरेटिङ सिस्टम बनाउन सफल भएमा यसले भूउपग्रह बनाउन लाग्ने ६० प्रतिशत समय र लागत घटाउँछ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP