मंगलबार , भाद्र १६, २०८३

नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ ।

ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो ।

प्रवक्ता भेटुवालले गत कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका अतिरिक्त ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिनुभयो ।

ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्केको थियो । नेपालले केहीदिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP