शुक्रबार , बैसाख २६, २०८२

शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएको चार महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमार्फत सार्वजनिक हुँदै आउने गरेका निर्णयहरू गत ७ असारदेखि अपडेट भएका छैनन् । देउवा गत २९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव कृष्णबहादुर राउतले क्याबिनेट शाखाले अपडेट नगर्दा नदेखिएकोे बताए । ‘मन्त्रिपरिषदको निर्णयको अपडेट क्याबिनेट शाखाले गर्ने हो, अब म अपडेट गराउन भनिहाल्छु,’ प्रवक्ता राउतले भने ।

पूर्ववर्ती सरकारले गत ७ असारमा गरेको निर्णयपछि कुनै पनि निर्णय सार्वजनिक नगरिएको हो । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ताले बैठकका निर्णय सार्वजनिक गर्ने गरेको भए पनि वेबसाइटमा भने त्यसलाई राखिएको छैन ।

पूर्ववर्ती सरकारले सातामा एक दिन मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने गरेको भए पनि देउवा नेतृत्वको सरकारले भने बैठक सकिएलगत्तै प्रवक्तामार्फत मौखिक रूपमा निर्णय सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP