आइतबार , बैसाख ७, २०८२

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लिंग जाँच गर्न माग गरिएको छ।

इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको हो।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन्।जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन्।

जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको बताएका छन्।

फिफाका पूर्व उपाध्यक्षसमेत रहेका प्रिन्स अलीले यदि जोर्डनको आरोप सत्य भए निकै गम्भीर मुद्दा भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएका छन्।

यसअघि पनि २००८ र २०१० मा जोहरेहले एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको भन्दै उनले हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP