शनिबार , भाद्र १३, २०८३

इरानको राष्ट्रिय महिला फुटबल टिमको गोलकिपरमा पुरूष खेलाडी खेलाइएको भन्दै ती खेलाडीको लिंग जाँच गर्न माग गरिएको छ।

इरानको राष्ट्रिय फुटबल टिमकी गोलकिपर जोहरेह कोउडेइ पुरुष भएको भन्दै जोर्डनले लिंग जाँचको माग गरेको हो।

उज्वेकिस्तानमा सेप्टेम्बर २५ मा भएको खेलमा इरानले जोर्डनलाई पेनाल्टी सुटआउटमा हराएको थियो। इरानकी गोलकिपर जोहरेह कोउडेइले जोर्डनका २ पेनाल्टी बचाएकी थिइन्।जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन अल हुसैनले इरानले महिला टिममा पुरूष गोलकिपर खेलाएको भन्दै एसियाली फुटबल महासंघ (एएफसी) सँग उनको लिंगको पुष्टि गर्न माग गरेका हुन्।

जोर्डनले यस्तो माग गरेपछि एसियाली फुटबल महासंघका एक प्रवक्ताले यस विषयमा जाँच चलिरहेको बताएका छन्।

फिफाका पूर्व उपाध्यक्षसमेत रहेका प्रिन्स अलीले यदि जोर्डनको आरोप सत्य भए निकै गम्भीर मुद्दा भएको प्रतिक्रिया दिएका छन्।

यसैबीच इरानी टिम म्यानेजरले भने आरोपको खण्डन गर्दै जोर्डनले खेल हारेपछि बिभिन्न बहाना खोजिरहेको आरोप लगाएका छन्।

यसअघि पनि २००८ र २०१० मा जोहरेहले एसिया कप छनोटमा आफ्नो देशको प्रतिनिधित्व गरेको भन्दै उनले हरेक पटक मेडिकल जाँच हुने र एसियाली फुटबल महासंघलाई सबै दस्तावेज उपलब्ध गराइएको दाबी गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP