सोमबार , बैसाख २२, २०८२

भारतको राजधानी नयाँदिल्लीको स्थानीय सरकारी निकायहरूले वायु प्रदूषणको स्तर अत्यन्तै दूषित हुन थालेकाले अनिश्चित कालका लागि सम्पूर्ण विद्यालय तथा कलेजहरू बन्द गरेका छन् ।

यसै गरी आगामी २१ नोभेम्बरसम्मका लागि निर्माणसम्बन्धी कुनै पनि काम गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको छ । तर, प्रतिरक्षासँग सम्बन्धित परियोजनाहरू र यातायातका लागि भने यो बन्देज लागु नहुने बताइएको छ ।कोइला इन्धनमा आधारित नयाँ दिल्लीका एघार वटा ऊर्जा भट्टीमध्ये पाँचवटालाई मात्र सञ्चालन अनुमति दिइएको छ । दिवाली पर्वदेखि नै दिल्लीमा विषाक्त तुवाँलो भरिएको थियो । धुलोलगायतका स–साना प्रदूषित कणको स्तर पीएम २ दशमलव ५ पुगेको छ ।

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओको निर्देशिका अनुसार यो स्तर खतरनाक अवस्थामा रहेको छ । त्यस्ता कणहरूले मानिसका फोक्सोमा अवरोध पु-याउन सक्छन् । प्रदूषणकै कारण केही विद्यालयहरू गत साता नै बन्द गरिएका थिए ।दिल्ली सरकारले वायुको गुणस्तरमा सुधार ल्याउनका लागि यस्तै लकडाउनै जस्तो नीति अपनाइएको जनाएको छ ।

प्रत्येक वर्ष हिउँद याम नजिकिँदा दिल्लीको वातावरणमा यस्तै प्रतिकूल अवस्था देखापर्ने गरेको छ ।दिल्लीको वायु गुणस्तर व्यवस्थापन तथा आपतकालीन स्थितिसम्बन्धी आयोगले २१ नेभेम्बरसम्मका लागि दिल्लीलगायत अन्य छिमेकी राज्यहरू उत्तर प्रदेश, पंजाव , हरियाणा र राजस्थानमा ट्रक प्रवेशमाथि प्रतिबन्ध लगाइएको छ । प्रत्येक वर्ष यस्तो प्रदूषणको समस्या देखिएपछि भारतको सर्वोच्च अदालतले केन्द्रीय तथा संघीय सरकारहरूलाई स्पष्टिकरण लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP