मंगलबार , अषोज २७, २०८३

भारतको राजधानी नयाँदिल्लीको स्थानीय सरकारी निकायहरूले वायु प्रदूषणको स्तर अत्यन्तै दूषित हुन थालेकाले अनिश्चित कालका लागि सम्पूर्ण विद्यालय तथा कलेजहरू बन्द गरेका छन् ।

यसै गरी आगामी २१ नोभेम्बरसम्मका लागि निर्माणसम्बन्धी कुनै पनि काम गर्न नपाइने गरी प्रतिबन्ध लगाइएको छ । तर, प्रतिरक्षासँग सम्बन्धित परियोजनाहरू र यातायातका लागि भने यो बन्देज लागु नहुने बताइएको छ ।कोइला इन्धनमा आधारित नयाँ दिल्लीका एघार वटा ऊर्जा भट्टीमध्ये पाँचवटालाई मात्र सञ्चालन अनुमति दिइएको छ । दिवाली पर्वदेखि नै दिल्लीमा विषाक्त तुवाँलो भरिएको थियो । धुलोलगायतका स–साना प्रदूषित कणको स्तर पीएम २ दशमलव ५ पुगेको छ ।

विश्व स्वास्थ संगठन ( डब्ल्युएचओको निर्देशिका अनुसार यो स्तर खतरनाक अवस्थामा रहेको छ । त्यस्ता कणहरूले मानिसका फोक्सोमा अवरोध पु-याउन सक्छन् । प्रदूषणकै कारण केही विद्यालयहरू गत साता नै बन्द गरिएका थिए ।दिल्ली सरकारले वायुको गुणस्तरमा सुधार ल्याउनका लागि यस्तै लकडाउनै जस्तो नीति अपनाइएको जनाएको छ ।

प्रत्येक वर्ष हिउँद याम नजिकिँदा दिल्लीको वातावरणमा यस्तै प्रतिकूल अवस्था देखापर्ने गरेको छ ।दिल्लीको वायु गुणस्तर व्यवस्थापन तथा आपतकालीन स्थितिसम्बन्धी आयोगले २१ नेभेम्बरसम्मका लागि दिल्लीलगायत अन्य छिमेकी राज्यहरू उत्तर प्रदेश, पंजाव , हरियाणा र राजस्थानमा ट्रक प्रवेशमाथि प्रतिबन्ध लगाइएको छ । प्रत्येक वर्ष यस्तो प्रदूषणको समस्या देखिएपछि भारतको सर्वोच्च अदालतले केन्द्रीय तथा संघीय सरकारहरूलाई स्पष्टिकरण लिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 243 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP