मंगलबार , अषोज २७, २०८३

भारतमा सञ्चालित पहिलो टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमामा घरेलु टिम भारतले न्यूजील्याण्डलाई ५ विकेटले पराजित गरेको छ ।

जयपुरमा बुधबार साँझ भएको पहिलो खेलमा भारतले न्यूजील्याण्डलाई हराएको हो । न्यूजील्याण्डले दिएको १६५ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

भारतको जितमा महत्वपूर्ण योगदान सूर्यकुमार यादवको रह्यो । उनले ६२ रन बनाए भने कप्तान रोहित शर्माले ४८ रन जोडे। त्यसैगरी केएल राहुलले १५ रन, श्रेयस आयर ५ तथा भेन्कातेस आयर ४ रनमा आउट भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्यूजील्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १६४ रनको मध्यम स्कोर खडा गरेको थियो । न्यूजील्याण्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गप्टिलले ७० तथा मार्क चापम्यानले ६३ रन बनाए ।

दुबईमा हालै भएको टी२० को विश्वकप क्रिकेटमा दोस्रो स्थानमा चित्त बुझाएको न्यूजील्यान्ड र लिग चरणबाटै बिदा भएको भारतबीचको यस खेलमा भारतका नियमित कप्तान बिराट कोहली र न्यूजील्यान्डका कप्तान केन विलियम्सन दुबैले विश्राम लिएका छन् ।

यो जितसँगै तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP