मंगलबार , अषोज २७, २०८३

भारतका एक डाक्टरले गोबर खाएको भिडियो भाइरल बनेको छ। समाजिक सञ्जालमा भाइरल बनिरहेको भिडियोमा मनोज मित्तल नामका डाक्टरले गोबर खाएको दृश्य कैद गरेका छन्।

भारतको करनालमा बस्ने यी डाक्टरले धेरै वर्षदेखि गोमूत्र पिउने गरेको र गोबर खाने गरेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन्।

डा. मित्तालले गोबरमा प्रचुर मात्रामा भिटामिन बी हुने गरेको भिडियोमा दाबी गरेका छन्। यसले मानव शरीरलाई विभिन्न रेडिएशनबाट बचाउने उनको दाबी छ। उनले गोबरमा २८ प्रतिशतसम्म अक्सिजन रहेको दाबी गरे।

उनले मोबाइल, एस्सी, फ्रिजलगायत चिजबाट नकारात्मक रेडिएशनहरु मानव शरीरमा आउने गरेको बताए। जसका कारण क्यान्सरजस्ता विरामी हुने गरेको उनले बताए।

उनले गर्भवती महिलाका लागि गोबर झनै उपयुक्त हुने दाबी गरे। उनले गर्भवती महिलाले गोबर रस पिए डेलिभरीमा समस्या नआउने दाबी गरे। समाचार अनुसार उनी एमबीबीएस डाक्टर हुन्। उनको आफ्नै अस्पताल करनालमा रहेको छ। उनी बालबालिकासम्बन्धी विशेषज्ञ रहेको बताइएको छ।

भिडियो भाइरल बनेपछि समाजिक सञ्जालमा उनको विज्ञता र डिग्रीप्रति प्रश्न उठाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP