मंगलबार , अषोज २७, २०८३

औषधि निर्माता कम्पनी फाइजरले न्यून तथा मध्य आय भएका मुलुकमा आफ्नो कोभिड चक्की उत्पादन र आपूर्ति गर्ने गरी एउटा सहमतिमा हस्ताक्षर गरेको छ ।

अमेरिकी कम्पनी फाइजर र राष्ट्रसंघ समर्थित मेडिकल प्याटेन्ट पुल (एमपीपी) बीच भएको सहमतिपछि ९५ मुलुकका औषधि निर्माता कम्पनीले जेनेरिक भर्सनको कोभिड चक्की सहजै उत्पादन र आपूर्ति गर्न सक्नेछन्।

पछिल्लो सहमतिपछि अन्य मुलुकका औषधि निर्माता कम्पनीले निर्धक्क कोभिड पिल उत्पादन र आपूर्ति गर्न सक्ने अलजजिराले जनाएको छ । विश्वको झण्डै ५३ प्रतिशत जनसंख्या ओगट्ने अफ्रिका र एसियाका ९५ मुलुकलाई सहमतिमा समावेश गरिएको छ ।

‘सबै मानिसलाई महामारीबाट मुक्त गर्न सघाउने गरी वैज्ञानिक उपलब्धि विस्तार गर्ने काममा फाइजर प्रतिबद्ध छ’, मंगलबार फाइजरका प्रमुख कार्यकारी अल्बर्ट बोउर्लाले भने ।

मुखमार्फत् हुने एन्टिभाइरल उपचारबाट कोभिड-१९ संक्रमणको जोखिम कम हुने, स्वास्थ्य प्रणालीमाथिको भार घट्ने र मानिसको जीवन जोगिने समेत बोउर्लाको भनाइ छ।

मंगलबार नै फाइजरले अमेरिकाका नियामक निकायलाई आफूले उत्पादन गरेको कोभिड चक्कीको आपतकालीन प्रयोगका लागि अनुमति दिन अनुरोध गरेको छ ।

पछिल्लो चरणको परीक्षणबाट कोभिड चक्की सेवन गरेपछि वयस्कल अस्पताल भर्ना हुनुपर्ने वा गम्भीर रोगबाट उनीहरूको मृत्यु हुने जोखिम ८९ प्रतिशतले घट्ने देखिएको फाइजरले बताएको छ ।

संक्रमणको सुरुमा नै फाइजरको कोभिड चक्की सेवन गरेमा र यसअघिको एन्टिभाइरल औषधि राइटोनाभिरसँग मिसाएर प्रयोग गरेमा सबैभन्दा प्रभावकारी हुने समाचारमा उल्लेख छ । अलजजिराबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP