आइतबार , भाद्र १४, २०८३

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । महोत्तरीको रामगोपालपुरमा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए ।

‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै भने,‘केपी ओली खलनायक हुन् ।’ ओलीले विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन खोजेको आरोप लगाए । उनले भने,‘देशी विदेशी ठूलै शक्ति मिलेर गणतन्त्र उल्टाउने षड्यन्त्र भयो ।’

ओलीले प्रतिनिधि सभा विघटन गरेर जनताको रगत र पसिनामाथि कुठाराघात गरेको टिप्पणी गरे । उनले भने,‘खलनायक केपी ओलीलाई बालुवाटारबाट बालकोट घिसारेर लगियो ।’ देशलाई अहिले ७ प्रदेश ओलीविहिन सरकार बनाएको बताए ।

आफू गठबन्धनमा निकै बलियो भएको बताए । उनले भने,‘ गठबन्धन सरकारमा म बलियो छु । प्रधानमन्त्री नभएपनि बनाउने मान्छे भएको छु ।’

ओलीले चुरे दोहोन गर्न खोजेको आरोप लगाए । उनले भने,‘गिट्टी बालुवा झिक्ने निर्णय कस्ले गर्यो ? केपी ओली खलनायकले ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP