सोमबार , अषोज २६, २०८३

१ सार्वजनिक शौचालय जहाँ ड्याप्प बसेर शौच गर्नुपर्छ, त्यस्ता शौचालय प्रयोग गर्दा टिस्यू पेपर अथवा रुमाल प्रयोग गर्नु राम्रो हुन्छ । त्यसो गर्दा कमोटमा अर्थात सतहमा रहेका किटाणुहरु तपाँईको शरीरमा पुग्दैन् ।

२. धेरै समय बाहिरी बाताबरणमा काम गर्दा गर्मी हुन्छ यौनाङ्गमा संक्रमण हुन सक्छ । त्यसैले त्यस्ता महिलाले दिनहुँ यौनाङ्ग सफा गर्ने गर्नुपर्दछ । हावाको प्रवाह बढाई सुख्खा हुन दिनु पर्छ ।

३. कटन तथा सूतीका भित्री बस्त्र को प्रयोग गर्नुस् । यसले यौनाङ्गमा उचित भेन्टीलेसन दिन्छ र संक्रमणबाट बचाउँछ । सिन्थेटिक अन्डरवेयर प्रयोग नगर्नुस् ।

४. यौनसम्पर्क अथवा हस्तमैथुनको समयमा उपकरण, औजार, सेक्स टोय को प्रयोग गर्नुहुन्छ भने यस्ता उपकरणहरुको सरसफाइमा ध्यान दिनु जरुरी हुन्छ । यस्ता उपकरणको तातो पानी र साबुनको प्रयोग गरी नियमति सफा गर्नुस् ।

५. कसिलो खालको भित्री तथा बाहिरी बस्त्र प्रयोग नगर्नुस् । खुकुलो बस्त्रले हावाको प्रवाह बढाई संक्रमणबाट बचाउँछ ।

६. यदि तपाइँ यौन क्रियाकलापमा भाग लिनु भएको छैन भने पनि निरन्तर आफ्नो यौनाङ्गको स्वास्थ्यको बिषयमा परामर्श लिइराख्नुस् ।

७. यौनक्रियाकलापमा निरन्तर सहभागी हुनुहुन्छ भने तपाइँलाई यौन स्वास्थ्यको बिषयमा अझ बढी ध्यान दिनु जरुरी हुन्छ । निरन्तर परीक्षण र परामर्श खोज्नुहोस् । अझ् सक्नुहुन्छ भने त्यसको परीक्षण तपाइँको यौनसाथीलाई पनि गराउनुहोस् ।

८. अलोन सेक्समा सहभागी हुनेहरु एकदमै सचेत हुनु जरुरी छ । अलोन सेक्स पछि भेजिनल सेक्स गर्नु स्वास्थ्यको हिसावले निकै नराम्रो हुन्छ । किनभने अलोन सेक्सबाट आएको इ कोली नामक ब्याक्टेरियाले योनीमा संक्रमण गराउन सक्छ । यसले सिस्टिस इन्डोमेट्राइ प्रजनन् समस्या निम्त्याउन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP