
मंगलबार राति नेदरल्यान्ड्सले पनि कतार विश्वकपको यात्रा तय गरेको छ। रोटरडमस्थित डु किप रंगशालामा सम्पन्न खेलमा पाहुना टिम नर्वेलाई २–० गोलले हराएर नेदरल्यान्ड्सले विश्वकपको यात्रा तय गरेको हो।
नेदरल्यान्ड्सको जितमा स्टेवेन बर्जविन र मेन्फिस डिपायले समान १–१ गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दुवै खेलाडीले दोस्रो हाफमा गोल गरेर नेदरल्यान्ड्सलाई विश्वकपमा पुर्याएका थिए।
यो जितसँगै समूह जीमा नेदरल्यान्ड्सले २३ अंक बनायो। त्यस्तै गएरातिकै अर्को खेलमा टर्कीले मोन्टेनेग्रोमाथि २–१ गोलको जित निकाल्यो। सो जितसँगै टर्कीले भने प्लेअफमा स्थान बनाएको छ।