मंगलबार , भाद्र १६, २०८३

चितवनमा हुने नेकपा एमालेको महाधिवेशनमा यसपटक विद्युतीय मतदान गर्ने तयारी छ।

विद्युतीय मतदानको व्यवस्था मिलाउने जिम्मा नेपालमै भोटिङ मेसिन बनाएका राम लक्ष्मण इनोभेसन्सले पाएका छन्। एमालेले नवौं महाधिवेशनमा पनि विद्युतीय मतदान गराउन खोजेको थियो। अन्तिम समयमा विवाद आएपछि रोकिएको थियो।

आउँदो मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा पहिलोपटक विद्युतीय मतदान हुन लागेको हो।

एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भए एउटा महाधिवेशन प्रतिनिधिले ४८ पदमा मत खसाल्नुपर्नेछ। केन्द्रीय सदस्यहरू छानेर मतदान गर्नुपर्ने भएकाले एक व्यक्तिलाई २० मिनेटदेखि आधा घन्टाको समय मतदानमा लाग्नेछ।

यसका लागि महाधिवेशन स्थलमा बढीमा सय वटासम्म टच स्क्रिन राखिने भएको छ। एमाले महाधिवेशनमा १ हजार ९ सय ९९ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्।

निर्वाचन भए सुरूमा अध्यक्षका उम्मेद्वारहरूलाई मत दिनुपर्नेछ। त्यसपछि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव हुँदै मतदान प्रक्रिया अघि बढ्छ। कुनै व्यक्तिले अन्तिममा मतदान सकियो भन्ने बटनमा टच नगरेसम्म आफ्नो मत सच्याउन सक्नेछन्।

टच स्क्रिनमा सबै उम्मेद्वारको फोटो र नाम हुनेछ। भोटिङ मेसिन निर्माण गरेका रामप्रसाद रिमालका अनुसार उम्मेद्वारको नामावली वर्णानुक्रमअनुसार हुनेछ।

केन्द्रीय सदस्य पदमा धेरै उम्मेद्वारी परे स्क्रिनमा भएका सबै उम्मेद्वारको फोटो र नाम नदेखाएसम्म अगाडि बढ्न नमिल्ने गरी सेटिङ गरिएको रिमालले बताए।

उनका अनुसार एउटै व्यक्तिले पदको संख्या भन्दा धेरैलाई मत दिन सक्ने छैनन्। त्यसैले मत बदरको सम्भावना हुने छैन। रिमालका अनुसार मतदान सम्पन्न भएको बढीमा ४ घन्टामा मतपरिणाम आउनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP