बिहिबार , बैसाख २५, २०८२

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै महाभियोगसम्मका लागि नेपाल बार एशोशिएसनलगायतले दबाब दिए । जबराविरुद्ध बारले आन्दोलन नै चलाइरहेको छ । सर्वोच्च बार, ४ पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश फोरमले विज्ञप्ति नै जारी गरेर राजीनामाको विषय उठाए । तर, जबरा टसमस भएनन् ।

संविधान बमोजिम जबरालाई हटाउन प्रतिनिधि सभाको एक चौथाई सदस्यले महाभियोग लगाउन सक्ने व्यवस्था छ । महाभियोग पारित गर्न दुई तिहाई चाहिन्छ । जबरालाई महाभियोग लगाउन कम्तिमा तीन दल मिल्नुपर्ने अवस्था छ । जसमध्ये नेपाली काँग्रेस र नेकपा एमाले मुख्य हुन् ।

जबराविरुद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीनिकट कानुन व्यवसायीहरु आन्दोलनमा देखिए । नेपाली काँग्रेस र नेकपा एमालेनिकट अधिकांश कानुन व्यवसायीहरु जबराको राजीनामाको विपक्षमा छन् । दुवै दल निकट कानुन व्यवसायीहरुको संगठनले तिहार अगावै विज्ञप्ति जारी गरी न्यायाधीशहरुको इजलास बहिष्कार गर्ने कदमको आलोचना गरेका थिए । यो आफैमा यस्तो सन्देश थियो कि काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जबराको राजीनामाको विपक्षमा छन् ।

देउवाले पार्टी बैठकमा अदालतबाट काँग्रेसले नबोल्ने स्पष्ट पारे । पार्टीभित्र उचित कदम चाल्नुपर्ने दबाब थियो । तर, देउवा बोलेनन् । उनले जबरालाई घुमाउरो तरिकाले समर्थन गरे ।

ओलीले राजीनामाको कुरा गर्ने भए जबराले मात्र नभई देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने न्यायाधीशहरुले पनि छाड्नुपर्ने तर्क सारे । यो सर्वोच्चमा जबराविरुद्ध उत्रिएका न्यायाधीशहरुप्रतिको असन्तुष्टि थियो ।

जबराको विषयमा देउवा र ओलीबीच कुरा मिलेको देखिन्छ । त्यसैले दुवैले जबराको राजीनामाको मागलाई साथ दिएनन् । अन्य प्रभावशाली नेताहरुले भित्री रुपमा जबराको बर्हिगमनमा भूमिका खेलेका थिए ।

अहिले देउवा र ओलीको जबराको विषयमा कुरा मिल्नु अर्थपूर्ण छ । यो विषयले सत्ता गठबन्धनभित्र विस्तारै खटपट सुरु हुने संकेतहरु देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP