मंगलबार , अषोज २७, २०८३

नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन खेलको टीट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा शानदार सुरुवात गरेको छ।
शृंखलाअन्तर्गत मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक सय १९ रनले पराजित गर्‍यो। एक सय ४७ रनको लक्ष्य पाएको कतारले ११ ओभर ५ बलमा सबै विकेट गुमाएर २७ रन मात्र जोड्यो। कतारलाई सस्तोमा समेट्न नेपालकी रुविना क्षेत्रीले तीन तथा कविता कुँवर र सिता राना मगरले दुई दुई विकेट लिए।

रुविनाले १२ औँ ओभरमा तीन विकेट लिएकी थिइन्। उनले एक एक बलको अन्तरमा उक्त सफलता हात पारकेी थिइन्। रुविनाले १.५ ओभरमा केवल एक रनमात्र खर्चिइन्। करुणा भण्डारीले दुई ओभरमा दुई रन खर्चिएर एक विकेट हात पारिन्। सिताले पनि दुई ओभरमा केवल तीन रन दिइन्।

त्यसअघि कतारको दोहामा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो।
नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन् । उनी रिटायर्ड हर्ट भएकी थिइन्।

यस्तै सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन् ।

विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेलेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP