बिहिबार , जेठ २, २०८२

श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले नेपालका लागि इजरायली राजदूत हनान गोदरसँग नेपालीलाई इजरायलमा थप राेजगारीकाे अवसर प्रदान गर्न आग्रह गर्नुभएकाे छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–इजरायलबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएकाे थियाे । छलफलका क्रममा मन्त्री श्रेष्ठले सन् २०२० मा भएको श्रम सम्झौता अनुसार नेपाली नागरिकलाई इजरायलको दीर्घकालीन सेवाकेन्द्रमा सहायक कामदारको रूपमा १ हजार १ सय ७५ जनालाई रोजगारी प्रदान भएकोमा नेपाल सरकारको तर्फबाट इजरायली सरकारप्रति आभार व्यक्त गर्नुभयो ।

केयर गिभरमा इजरायल जानका लागि भाषा उत्तिर्ण गरेकाहरू निकट भविष्यमै जान पाउनेछन् । मन्त्री श्रेष्ठले योग्यता प्रणाली अनुरूप रोष्टरमा रहेका बाँकी ४ सय २५ जनालाई समेत रोजगारीको पहल गर्न आग्रह पनि गर्नुभयो ।

मन्त्री श्रेष्ठले आगामी दिनमा इजरायलका अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसरका लागि पहल गरिदिन राजदूत गाेदरसँग आग्रह गर्नुभयो ।

यस्तै मन्त्री श्रेष्ठले पछिल्लो समय इजरायल गएर कृषि क्षेत्रमा काम गरी आएका नेपालीले नेपालको कृषि क्षेत्रमा लगानी गरी व्यवसायीक कृषि पेशा गर्दै आइरहेको पनि बताउनुभयो । उहाँले नेपाली नागरिकले इजरायलको कृषि क्षेत्रमा आर्जन गरेको प्रविधिगत ज्ञान, सीप र अनुभवले नेपालमा कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरणमा सहयोग पुर्याएको बताउनुभयो ।

यस्तै राजदूत गोदरले भविष्यमा अन्य पेशागत क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर प्रदान गर्न इजरायल सकारात्मक रहेको बताउनुभयाे । इजरायल नेपाली कामदारहरुको लागि आकर्षक गन्तव्य देशको रुपमा रहँदै आएको छ । अहिले करिब १२ हजार नेपाली श्रमिक इजरायलमा कार्यरत छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP