न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामाको प्रमुख मागसहित जारी आन्दोलनमा आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन् । नेपाल बार एसोसिएसन र सर्वोच्च बारसँग मंगलबार भएको छलफलमा उनीहरुले बारको आन्दोलनमा आफूहरुको पूर्ण ऐक्यबद्धता रहेको बताएका हुन् । यस्तै आफूहरुले बेन्च बहिस्कारसहितका कार्यक्रम गरेर प्रधानन्यायाधीशलाई राजीनामा गर्न दवाव दिइरहेको भन्दै न्यायाधीशहरूले जनताको समस्यामा भने गम्भीर बन्नुपर्नेमा जोड दिएका छन् ।

सो क्रममा न्यायाधीशहरूले प्रधानन्यायाधीशको राजीनामा माग्ने, प्रधानन्यायाधीशले तोकेको पेसीमा नबस्ने, बेन्च सेयर पनि नगर्ने जस्ता विषयमा आफूहरु सहमत रहेको बताउँदै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नै दिनुपर्ने धारणा राखेका थिए ।

सो बैठकपछि फेरि न्यायाधीश र नेपाल बार र सर्वोच्च बारका अधिकारीहरु छुट्टाछुट्टै छलफलमा रहेका छन् ।