मंगलबार , बैसाख २९, २०८३

आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली छानिएका छन्।

३२ टिम सहभागी हुने प्रतियोगिताका लागि छनोट खेलहरू धमाधम भइरहेका छन्। युरोपियन छनोटबाट हालसम्म ९ वटा देश छनोट भइसकेका छन्। यस्तै दक्षिण अमेरिकन छनोटमा ब्राजिल मात्र हालसम्म छनोट भएको छ।

यस्तै युरो च्याम्पियन इटालीले विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने भएको छ। सोझै छनोट हुने मौका सोमबार राति गुमाएसँगै इटालीले आगामी मार्चमा प्लेअफ खेल्नेछ।

युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४-० को सानदार जित निकाल्दा गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यो सँगै स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता हुँदै विश्वकपमा छनोट भएको हो।

विश्वकपमा सोझै छनोट हुने आशा गरिएका केही राम्रा टिम प्ले अफमा धकेलिएका छन्।

इटाली र पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन्। प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ। प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

यी हुन् विश्वकपमा हालसम्म छनोट भएका टिम

कतार- आयोजक
जर्मनी- युरो छनोट (समूह जे विजेता)
डेनमार्क- युरो छनोट (समूह एफ विजेता)
ब्राजिल- दक्षिण अमेरिकन छनोट
फ्रान्स- युरो छनोट (समूह डी विजेता)
बेल्जियम- युरो छनोट (समूह ई विजेता)
क्रोएसिया- युरो छनोट (समूह एच विजेता)
स्पेन-युरो छनोट (समूह बी विजेता)
सर्विया-युरो छनोट (समूह ए विजेता)
इङ्ल्याण्ड- युरो छनोट (समूह आई विजेता)
स्वीटजरल्याण्ड- युरो छनोट (समूह सी विजेता)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP