आइतबार , बैसाख ७, २०८२

आगामी वर्ष एसियाली मुलुक कतारमा हुने फिफा विश्वकपका लागि हालसम्म ११ टोली छानिएका छन्।

३२ टिम सहभागी हुने प्रतियोगिताका लागि छनोट खेलहरू धमाधम भइरहेका छन्। युरोपियन छनोटबाट हालसम्म ९ वटा देश छनोट भइसकेका छन्। यस्तै दक्षिण अमेरिकन छनोटमा ब्राजिल मात्र हालसम्म छनोट भएको छ।

यस्तै युरो च्याम्पियन इटालीले विश्वकपमा छनोट हुन प्लेअफ खेल्नुपर्ने भएको छ। सोझै छनोट हुने मौका सोमबार राति गुमाएसँगै इटालीले आगामी मार्चमा प्लेअफ खेल्नेछ।

युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४-० को सानदार जित निकाल्दा गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो।

यो सँगै स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता हुँदै विश्वकपमा छनोट भएको हो।

विश्वकपमा सोझै छनोट हुने आशा गरिएका केही राम्रा टिम प्ले अफमा धकेलिएका छन्।

इटाली र पोर्चुगलसँगै अन्य समूहका दोस्रो स्थान हासिल गर्ने १० टोली र नेसन्स लिगको वरीयता अनुसार २ टोलीले प्लेअफमा खेल्नेछन्। प्लेअफको ड्र नोभेम्बर २६ मा हुनेछ। प्लेअफ चरणबाट तीन टोलीले विश्वकपमा स्थान बनाउनेछन्।

यी हुन् विश्वकपमा हालसम्म छनोट भएका टिम

कतार- आयोजक
जर्मनी- युरो छनोट (समूह जे विजेता)
डेनमार्क- युरो छनोट (समूह एफ विजेता)
ब्राजिल- दक्षिण अमेरिकन छनोट
फ्रान्स- युरो छनोट (समूह डी विजेता)
बेल्जियम- युरो छनोट (समूह ई विजेता)
क्रोएसिया- युरो छनोट (समूह एच विजेता)
स्पेन-युरो छनोट (समूह बी विजेता)
सर्विया-युरो छनोट (समूह ए विजेता)
इङ्ल्याण्ड- युरो छनोट (समूह आई विजेता)
स्वीटजरल्याण्ड- युरो छनोट (समूह सी विजेता)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP