मंगलबार , अषोज २७, २०८३

जाडोयाम सुरु भएसँगै बालबालिकादेखि वृद्धसम्म छालाको समस्या देखिने गरेको छ । छाला सुक्खा हुने, रातो हुने, फुट्ने, खस्रो हुने समस्या देखिने गरेको छ । थोरै मात्र चनाखो हुन सके यसबाट छुटकारा पाउन सकिने विज्ञहरूले सुझाएका छन्।

जाडो मौसम छालाका लागि अनुकूल मानिँदैन । छालारोग विशेषज्ञ डा. मेलिना अमात्यले भनिन्, “यो समयमा बाहिरी वातावरण सुक्खा हुनाले छालामा सोझो असर गर्छ । अझ काठमाडौँ वा सहरी क्षेत्रमा धुलो, धुवाँले छालालाई थप नोक्सान पु-याउँछ । बाहिरी चिसो र भित्री तातोको सन्तुलन नमिल्दा त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडोयाममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ ।”

डा. अमात्यले भनिन्, “जाडो होस् वा गर्मी, छालाको सुरक्षाका लागि अनिवार्य रूपमा सनस्क्रिन प्रयोग गर्नुपर्छ । यसले छालालाई सूर्यको किरणबाट बचाउँछ ।”

अर्का छालारोग विशेषज्ञ डा. धमेन्द्र कर्णले जाडोमा छाला रुखो, फुट्ने, सुक्खा हुने समस्या हुनुका साथै छाला चिलाउने, छालाको पत्र निस्कने, अनुहारमा चायाँ, पोतो आउने समस्या हुने जानकारी दिए । डा. कर्ण पर्याप्त मात्रामा पानी वा झोलिलो खानेकुरा खानुका साथै अनुहारमा तातोपानीको वाफ लिनु उपयुक्त हुने बताउछन्। छाला स्वस्थ राख्ने भन्दा हामी छालाको बाहिरी स्याहारमा मात्र ध्यान दिन्छौँ तर यसमा आन्तरिक रूपले नै सचेत हुनुपर्छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६

TOP