बिहिबार , जेठ २, २०८२

मुगुको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ।

आगलागीबाट २० घरटहरा जलेर नष्ट भएका छन्। थप आगो फैलन नदिन प्रहरीले एक घर भत्काउनुपरेको थियो।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक चित्रबहादुर भट्टराईले गए राति करिब १२:३० मा आगलागी सुरू भएको र बिहान ४:३० मा मात्रै नियन्त्रणमा लिइएको बताए।

‘स्थानीय ठिन्ले लामाको घरमा बालेर राखेको दियोबाट आगो फैलिएको अनुमान गरिएको छ,’ भट्टराईले भने, ‘प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा पानी र माटो प्रयोग गरेर चार घन्टापछि आगो नियन्त्रणमा लिइएको छ।’

आगलागीबाट घरबारबिहीन भएकाहरूलाई छिमेकीका घर र आफन्तकहाँ राखिएको छ। उनीहरूलाई राहत उपलब्ध गराउन आज बिहान जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठक बसेको उनले बताए।

दमकल नहुँदा आगो निभाउन समय लागेको हो।

‘दमकल थिएन। स्थानीयको सहयोगमा प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेनाले पानी र माटोले आगो नियन्त्रणमा लिनुपर्दा समय लाग्यो। थप आगो फैलन नदिन एउटा घर प्रहरीले नै भत्काउनुपर्‍यो,’ भट्टराईले भने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP