आइतबार , भाद्र १४, २०८३

कोभिड–१९ को महामारीकाबीच आम नागरिकको आशलाग्दो मन्त्रीका रूपमा जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा आफ्ना पछिल्ला निर्णयहरूबाट विवादित बनेका छन् । विशेषगरी पछिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा गरेको निर्णयले मन्त्री खतिवडा अहिले विवादमा तानिएका छन् ।

नेपालमा कोभिड–१९ को दोस्रो लहर मत्थर भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खतिवडालाई गत असोज २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको थियो । स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएलगत्तै खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका थिए । यतिमात्र नभई आफ्नो कार्यकालमा भ्रष्टाचार, अनियमितताबारे समाचार लेख्नु नपर्ने पनि उनले स्वास्थ्य पत्रकारहरूसँगको छलफलमा भनेका थिए ।

मन्त्रालयको जिम्मेवारी पाएको केही दिनमा नै मोरङको कोशी अस्पतालको निरीक्षण एवम् अनुगमन गर्दै मन्त्री खतिवडाले प्रदेश नम्बर १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवम् उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमबापत्को रकम लामो समयदेखि नपाएको अस्पताललाई ढाडस दिँदै खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए । कोशी अस्पतालमा रहेको शैयाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० शैयाको आकस्मिक कक्षसमेत रहने र सोही सेवाका लागि अस्पताल परिसरमा पाँच करोड रूपैयाँको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको पनि बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP