बिहिबार , बैसाख २५, २०८२

कोभिड–१९ को महामारीकाबीच आम नागरिकको आशलाग्दो मन्त्रीका रूपमा जिम्मेवारी पाएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा आफ्ना पछिल्ला निर्णयहरूबाट विवादित बनेका छन् । विशेषगरी पछिल्लोपटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका सम्बन्धमा गरेको निर्णयले मन्त्री खतिवडा अहिले विवादमा तानिएका छन् ।

नेपालमा कोभिड–१९ को दोस्रो लहर मत्थर भइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले खतिवडालाई गत असोज २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिएको थियो । स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएलगत्तै खतिवडाले केही महिनाभित्रै नेपाललाई कोरोनामुक्त गर्ने अभियानमा आफूले सबैभन्दा बढी ध्यान केन्द्रित गर्ने प्रतिक्रिया दिएका थिए । यतिमात्र नभई आफ्नो कार्यकालमा भ्रष्टाचार, अनियमितताबारे समाचार लेख्नु नपर्ने पनि उनले स्वास्थ्य पत्रकारहरूसँगको छलफलमा भनेका थिए ।

मन्त्रालयको जिम्मेवारी पाएको केही दिनमा नै मोरङको कोशी अस्पतालको निरीक्षण एवम् अनुगमन गर्दै मन्त्री खतिवडाले प्रदेश नम्बर १ सबैभन्दा ठूलो स्वास्थ्य केन्द्रको रूपमा रहेकाले यसले नागरिकलाई गुणस्तरीय एवम् उच्चस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले लागु गरेको स्वास्थ्य बिमा कार्यक्रमबापत्को रकम लामो समयदेखि नपाएको अस्पताललाई ढाडस दिँदै खतिवडाले सङ्घीय सरकारले कोशी अस्पताल विराटनगरलाई उच्च प्राथमिकतामा राखेको बताएका थिए । कोशी अस्पतालमा रहेको शैयाको अभाव सरकारले तत्काल थपको स्वीकृत दिएपछि अन्त्य हुनुका साथै ५० शैयाको आकस्मिक कक्षसमेत रहने र सोही सेवाका लागि अस्पताल परिसरमा पाँच करोड रूपैयाँको लागतमा भवन निर्माण कार्य सुचारु भइरहेको पनि बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP