बिहिबार , बैसाख २५, २०८२

दुई जना प्रदेश सभा सदस्यहरूलाई पदमुक्त गर्न भन्दै लुम्बिनी प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सुरू गरेको अवरोध तीन महिनादेखि कायमै छ।

सूर्य चिन्ह लिएर निर्वाचित प्रदेश सभा सदस्यहरू अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गर्दै प्रतिपक्षी दल एमालेले संसद अवरोध गर्दै आएको छ।

एमालेले प्रदेश सभा सदस्य अजय शाही र विमलाकुमारी खत्री वलीका विषयको मुद्दा अदालतमा रहेकोले उक्त मुद्दाको निरूपण नभएसम्म संसद चल्न नसक्ने भन्दै बैठक अवरोध गर्दै आएको छ।

नवौं अधिवेशन अन्तर्गत सोमबारको बैठक पनि एमालेको अवरोधका कारण आधा घण्टा स्थगित गरी पुनः बसेको थियो।पहिलो बैठकमा सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरू गरेलगत्तै आ-आफ्नो कुर्सीबाट उभिएर बैठक चल्न नदिएका प्रतिपक्षी दलका सांसदहरू दोस्रो बैठकमा भने उपस्थित भएनन्।

प्रतिपक्षी दलका कुनै पनि सांसद दोस्रो बैठकमा उपस्थित नभए पनि सभामुख घर्तीले भने बैठकलाई अगाडि बढाएका थिए।

दोस्रो बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री कुलप्रसाद केसीले अदालतमा विचाराधीन रहेको विषयलाई बारम्बार प्रदेश सभामा उठाएर मजाक नगर्न प्रतिपक्षी दललाई आग्रह गरे।

मुख्यमन्त्री केसीले अर्को दलको सदस्य बनिसकेका सांसदहरूलाई जबरजस्ती आफ्नो भन्दै कारबाही गर्न खोज्नु अलोकतान्त्रिक कार्य भएको उल्लेख गर्दै प्रदेश सभामा लोकतान्त्रिक आचरण प्रस्तुत गर्न प्रतिपक्षी दललाई आग्रह गरे।

‘अर्को दल रोजिसकेका दुई जना माननीयको एजेण्डालाई लिएर संसद अवरूद्ध गरेर तपाईंहरूले गलत संस्कार स्थापित गर्दै हुनुहुन्छ, यस्तो कार्यले लोकतान्त्रिक बन्न सकिँदैन,’ केसीले भने।

उनले आफूले गाईजात्रा देखाएर अरूलाई संस्कार सिकाउन नसकिने भन्दै लोकतान्त्रिक ढंगले प्रस्तुत हुन आग्रह गरे।

उनले सभामुखलाई र प्रदेश सभालाई अनावश्यक लाञ्छना लगाउने काम बन्द गर्न पनि आग्रह गरे।

मुख्यमन्त्री केसीले प्रतिपक्ष दलका सांसदलाई प्रदेश सभाबाट आग्रह गरिरहँदा प्रतिपक्षी रोहका कुर्चीहरू भने सबै खाली थिए।

प्रतिपक्षी सांसदहरूको उपस्थितिबिना नै प्रदेश सभाले वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ। वन वातावरण मन्त्री सुरेन्द्र हमालले बैठकमा प्रस्तुत गरेको वन सम्बन्धमा व्यवस्था गर्न बनेको उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो।

प्रदेश सभाको आगामी बैठक अर्को सूचना जारी भएपछि मात्रै बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP