मंगलबार , भाद्र १६, २०८३

सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन प्रणाली बिहान १० बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने भएको छ।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणालीमा अधिक चाप भई यातायात व्यवस्था कार्यालयहरूबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा असर परेकोले कार्यलय समयमा बन्द गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए।

सेवाग्राहीको हितलाई ध्यानमा राखी सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द गरिएको उनको भनाइ छ।

उनका अनुसार प्रणालीको लोड व्यवस्थापनको कार्य सम्पन्न भएपछि अनलाइन आवेदन प्रणाली यथावत संचालन हुनेछ।

‘अहिले अत्यधिक चाप छ। सिस्टम अपग्रेड गर्नुपर्छ,’ उनले भने, ‘सिस्टम अपग्रेड गर्न एक/डेढ हप्ता लाग्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP