मंगलबार , बैसाख २९, २०८३

अष्ट्रेलियाको उत्तरी राज्यको डार्विन शहरमा, यही आईतबार १४ November मा नेपाली भलिबल प्रतियोगिता सम्पन्न भयो।  ७ पुरुष टीम र २ महिला टीमको सहभागिताका साथ सुरु भएको प्रतियोगिता निकै रोमाञ्चक भएको थियो। नेपाली भोलिबल क्लब डार्विन, नेपालीज एसोसिएसन अफ नर्दन टेरीटोरी र NRNA-NT को संयुक्त आयोजनामा सहभागी सबै समुहको खेल निकै उत्कृस्ट रहेको थियो।
सन २०२२ जनवरी १५-१६ मा हुन गईरहेको मल्टीकल्चरल कपको लागि नेपालको तर्फबाट आयोजक टिम तयार पर्ने उद्धेश्यले यो टुर्नामेन्ट आयोजना गरिएको थियो।
Everest A B C गरि ३ टिम, Mountain Goats, Sunrise, Himalaya र RARA गरि ७ पुरुष टिमले सहभागिता जनाएका थिए भने महिला बाट Women’s white र Women’s Blue गरी  २ टिमले सहभागिता जनाएका थिए।

महिला खेलमा Women’s white ले जित हासिल गरेको थियो भने Women’s Blue दोस्रो हुन सफल भएको थियो।

पुरुषको खेलमा  भने Everest A टिम पहिलो, Mountain goats दोस्रो र Sunrise टिम तेस्रो भएको थियो।

                                                                                                      Winner Everest A 

 

                                                                  1st Runner UP Mountain Goats

 

                                                                               2nd Runner Up Sunrise

प्रतियोगितामा सहभागी सबैलाई धन्यबाद दिदै प्रोग्राम कोडीनेटर किरण गौतमले खेल निकै राम्रो तवरले सम्पन्न भएको जानकारी दिनु भयो।  महिलाहरुलाई सहभागिता गराउने कुरामा दुवै महिला समुहको प्रशिक्षक चन्द्र प्रकाश गुरुङ्ग भन्नु हुन्छ जसरी पुरुषहरु सक्रिय रुपमा खेलको लागि आगाडी आए, आउदा दिनमा अब महिला पनि आगाडी आउनु पर्छ र परिवारले पनि खेलमा रुचि भएका महिला खेलाडीलाई आगाडी बढाउन  मदत गर्नु पर्छ। 

NRNA-NT अध्यक्ष बिष्णु चापागाईं आफै खेल मैदानमा सक्रिय भएर खेलाडीलाइ आवश्यक सामग्रीहरु जस्तो, पानि, जुश र उपचारको सामग्री लिएर उपस्थित हुनुहुन्थियो।  NT मै पहिलो पटक भएको उक्त प्रतियोगितामा उल्लेखनीय सहभागिता रहेको थियो।

बिजेता टिमलाइ ट्रफी र मेडेल क्रमश: महिला टिमका प्रशिक्षक चन्द्र प्रकाश गुरुङ्ग, NRNA-NT अध्यक्ष बिष्णु चापागाईं, NANT अध्यक्ष युवराज पन्तले हस्तान्तरण गर्नु भएको थियो।

Photo credit Catch Smile

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP