बिहिबार , जेठ २, २०८२

मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

हिम पहिराे खस्दा घाइते भएकाहरूको जिल्ला अस्पताल मुस्ताङमा उपचार चलिरहेको छ । घाइते भएकाहरू मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी भएका प्रहरीले जनाएको छ ।

हिमपहिरो खसेपछि भागाभाग हुँदा उनीहरू घाइते भएका हुन् । घाइतेमध्ये धेरैजसोको गोडामा चोट लागेको छ । अहिलेसम्म मानवीय क्षति भएको विवरण आएको छैन ।

मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको मानापाथी हिमालबाट हिम पहिरो खसेको शर्माले बताउनुभयो । हिम पहिराे खस्दा केही चौरी गाइ हराएका स्थानीयवासीले बताएका प्रहरीले जनाएकाे छ । हिम पहिरोले स्थानीयवासी रमला तुलाचनको घरको छत पनि उडाएको छ ।

हिम पहिरो खसेको ठाउँबाट लेदो पनि खसिरहेकाले त्यहाँका स्थानीयवासीलाई सुरक्षित ठाउँमा जान आग्रह गरिएको छ । फेरि हिमपहिरो आयो भने बस्ती जोखिममा पर्न सक्ने भन्दै उनीहरूलाई सुरक्षित ठाउँमा सर्न भनिएको हो । तर अहिलेकै अवस्थामा भने बस्ती जोखिममा नपर्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नभएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८१ चैत्र १३ गते बुधवार : श्री देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP