आइतबार , बैसाख ७, २०८२

नेपालको हैजा प्रभावित क्षेत्रका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार ‌’ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट नेपाल आइपुगेको हो। यो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने प्रवक्ता डा. पौडेलले जानकारी दिए।

उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

पौडेलका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको हो। यो खोप सनोफी हेल्थ केयर इन्डियाले बनाएको हो। विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको उक्त खोप युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP