आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक विषयमा बोल्न खोज्दा सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गगन थापालाई रोक्न खोजेका छन्।

आइतबार पार्टी सभापति निवास बूढानीलकण्ठमा भएको बैठकमा देउवाले रोक्न खोजे पनि उनको प्रयास असफल भएको हो।

गगनले समसामयिक विषयमा बाेल्न समय बाेल्न खाेज्दा केन्द्रीय समिति बैठकमा समसामयिक विषयमा बोल्न नपाइने भन्दै रोक्न खोजेका थिए।

‘समसामयिक विषयमा बाेल्न पाइँदैन,’ देउवाले थापालाई भनेका थिए। समसामियक विषयको कुरा उठाउँदै नेता थापाले न्यायालयको कुरा राख्न खोजेपछि देउवाले रोक्ने प्रयास गरेका थिए।

यद्यपि गगनले आफ्ना कुरा राखेका थिए। ‘सम्मानित अदालतमा भइरहेकाे समस्या चर्कियाे भने व्यवस्थाले मूल्य चुकाउनु पर्छ। तत्काल सामाधान नगर्ने हाे भने महाधिवेशनसम्म अवस्था बिथाेलिन्छ। हामी चुप लाग्न मिल्दैन,’ थापाले भनेका थिए, ‘महाधिवेशनका विवाद कायम छन्। यसमा गम्भीर हुनुपर्छ। सभापतिकाे ध्यान जानुपर्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP