शनिबार , जेठ ३२, २०८२

चिनियाँ गुप्तचरहरु विभिन्न भेषमा नेपालमा सक्रिय भएको भन्दै विअनले खबर प्रकाशित गरेको छ । उसले नेपालको सुरक्षा निकायले चिनियाँ गुप्तचरहरुको गोप्य सामाग्रीहरु पत्ता लगाएको विषय पनि उल्लेख गरेको छ ।

नाम उल्लेख नगरी एक नेपाली दैनिकले यस्तो खबर प्रकाशित गरेको भन्दै चिनियाँ गुप्तचरहरु नेपालको अरु देशहरुसँगको सम्बन्ध बिगार्न सक्रिय रहेको भनेको छ । कुटनीतिज्ञ, पत्रकार र व्यवसायीको भेषमा गुप्तचरहरु नेपालमा सक्रिय रहेको उल्लेख गरेको छ । उनीहरु चीनको रक्षा मन्त्रालयबाट परिचालित भएको समाचारमा भनिएको छ ।

५० पेज लामो गोप्य विवरणले चीन नेपालको अमेरिकासँगको सम्बन्ध बिगार्न लागिपरेको भनिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध योजनावद्ध तरिकाले प्रोपोगान्डा मच्चाएर माहोल बिगार्न लागेको आरोप समेत लगाइएको छ ।

विअनले मिडिया रिपोर्ट उदृत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गर्ने पक्षमा रहेको र माओवादी अध्यक्ष प्रचण्ड अवरोध खडा गरिरहेको उल्लेख छ । जसरी हुन्छ एमसीसी असफल बनाउन चिनियाँ गुप्तचरहरु लागेको मिडिया रिपोर्टबारे विअनको समाचारमा भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा

आजको राशिफल ~ वि.सं. २०८२ वैशाख २३ गते मङ्गलवार : श्री देवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य


TOP
सोमंबुबिशु