मंगलबार , बैसाख २९, २०८३

देशमा अमेरिकी चासो बढ्दै गएको छ । अमेरिकाले उच्च अधिकारीहरु नेपाल भ्रमणमा पठाउन थालेको छ । अमेरिकी राजदूत रेण्डी बेरीले पनि सक्रियता बढाएका छन् ।अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू आउँदो बुधबार नेपाल आउँदैछन् । उनी दक्षिण तथा मध्य एशियाली मामला हेर्ने अमेरिकी उच्च अधिकारी हुन् ।

लू एशियाली मूलका अमेरिकी हुन् । उनले अमेरिकी विदेश मन्त्रालयको कर्मचारीका रुपमा भारत र पाकिस्तानमा समेत काम गरेका थिए । ओबामा राष्ट्रपति हुँदा अल्बानिया र किर्गिजस्तानको राजदूत समेत भएका थिए ।

नेपाल भ्रमणका क्रममा लूले प्रधानमन्त्री शेरबहादुर देउवासहित शिर्ष नेताहरुलाई भेट्ने तय भएको छ ।

यसअघि मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीकी उपप्रमुख फतिमा सुमार दुई महिना अघि नेपाल आएकी थिइन् । उनले एमसीसी पारित गर्नेबारे शिर्ष नेताहरुसँग छलफल गरेकी थिइन् ।

सुमारको भ्रमण भएको दुई महिनापछि उपविदेशमन्त्री लू आउनुलाई अर्थपूर्ण मानिएको छ । उनले पनि एमसीसीबारे शिर्ष नेतृत्वसँग कुराकानी गर्ने बुझिएको छ ।

पछिल्लो समय अमेरिकाले नेपाल मामलामा चासो बढाउँदै लगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो वाइडेनसँग बेलायतमा अनौपचारिक भेट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP