शुक्रबार , बैसाख २६, २०८२

देशमा एकपछि अर्को खतरनाक अवस्थाहरु विकास भएर गएका छन् । जताततै द्वन्द्वका खतराहरु देखापरेका हुन् । राजनीतिक दलहरुभित्र विभाजन र विवाद चुलिएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी विभाजित भई नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिएको छ । एमाले फेरि फुटेको छ । उक्त दलभित्र फेरि नयाँ विवाद चुलिएको छ ।

नेपाली काँग्रेस महाधिवेशन नजिकिदै गर्दा नयाँ समस्या नजिक पुगेको छ । काँग्रेसभित्र नयाँ गुटहरु विकास भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सफल भएपनि उनी नयाँ चुनौतीहरु झेल्न थालेका छन् ।

यतिबेला सर्वोच्च अदालतमा न्यायाधीशहरुले इजलास बहिष्कार गरिरहेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एशोशिएसन आन्दोलनमा छ । अदालत द्वन्द्वको अखडा बनेको छ । नेपालको इतिहासमा सर्वोच्च अदालतभित्र यति धेरै राजनीतिक गतिविधिहरु कहिल्यै भएको थिएन ।

धार्मिक हिंसा भड्कने खतराहरु बढेको छ । जनकपुरमा निषेधाज्ञा नै लगाउनुपर्ने अवस्था बनेको छ । त्यहाँ हिन्दू र मुसलमानबीच हिंसाको खतरा बढेको हो ।

धर्मको विषय राजनीतिमा विस्तारै हावी हुन थालेको छ । जनगणनाका क्रममा विभिन्न धार्मिक संघ संगठन सक्रिय भएका छन् । उनीहरु आफ्नो धर्मालम्बीको जनसंख्या बढी देखाउन सक्रिय भएका हुन् । विदेशीलाई हेर्ने दृष्टिकोणबारे राजनीतिक दलहरुभित्र ठूलो मतभेद देखिन थालेको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीबारे सत्ता गठबन्धनभित्रै विवाद छ । भारत, चीन र पश्चिमालाई हेर्ने दृष्टिकोणमा निकै ठूलो मतभेद दल र तिनका नेताहरुमा छ । विस्तारै विदेशीको चासो र प्रभाव देशका हरेक क्षेत्रमा बढ्दो छ । यसले देशका महत्वपूर्ण निकायहरु समेत कहीं न कहीं प्रभावित भएको छ ।

विवादहरु बढ्दै गएका छन् । विशेषगरी धर्म र राजनीतिक प्रणालीसम्बन्धी मुद्दाले नयाँ बहस निकालेको छ । टकरावहरु बढेका छन् । यसले द्वन्द्व चुलिने खतरा बढेको छ । देशमा मूठभेडको खतरा बढेर गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP