
जनकपुरधाम उपमहानगरपालिका-२० मा स्थानीय दुई समूहबीच झडप भएको छ । शनिबार दिउँसो दोहोरो झडप भएको हो ।
स्थिति तनावग्रस्त भएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले शनिबार (आज) दिउँसो २ देखि आइतबार राति १० बजेसम्मका लागि यस क्षेत्रमा कर्फ्यु आदेश जारी गरेका छन् ।
झडपमा परेर ६ प्रहरी घाइते भएका छन् । धनुषाका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले एकजना नेपाल प्रहरी र पाँच सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि २७ राउन्ड अश्रुग्यास प्रहार गरेको उनले बताए ।
छठ पर्वको दिन देवपुरा, रुपैठास्थित तेलिया पोखरीमा घाट निर्माण गर्ने विषयमा विवादपछि झडप हुँदा चारजना घाइते भएका थिए । सोही विषयलाई लिएर शनिबार पुनः दुई समूहबीच विवादसँगै झडप भएको बताइएको छ ।