आइतबार , भाद्र १४, २०८३

माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल स्थापना नहुँदै विवादमा रुमल्लिएको छ ।

नेकपा एमालेनिकट पूर्व प्रेस चौतारी छाडेर आएका पत्रकारहरुले कनिष्ठलाई संगठनमा वरिष्ठ बनाएपछि विरोध गरेका छन् ।

संगठनमा कनिष्ठलाई वरिष्ठ बनाइएको भन्दै पूर्व प्रेस चौतारी छाडेर आएका विश्वमणि सुवेदी, नरेन्द्र साउद, रामकुमार एलन, जीवन बिसीहरुले विरोध गरेका छन् ।

शनिबार अध्यक्ष नेपालले उद्घाटन गरेको घोषणासभामा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठको अध्यक्षतामा २१५ सदस्यीय केन्द्रीय समितिको घोषणा गरिएको छ ।

संगठनको संस्थापकमा रहेका विश्वमणि सुवदीले आफूहरुले संगठनको कार्यक्रम बहिष्कार नगरेको केवल व्यक्तिवादी एकाधिकारवादी हावी भएपछि आवाज उठाएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘हामीले समाजवादी प्रेस संगठनको कार्यक्रम वहिष्कार गरेका छैनौं । व्यक्तिवादी एकाधिकारवाद हावी भयो । नेतृत्व चयन न्यायोचिन भएन । तसर्थ हामीले असहमति जनाएको मात्र हो । हामी यो विचार र आन्दोलनमा दृढ छौं ।’

त्यसैगरी सुवेदीपछि संस्थाप रामकुमार एलनले पनि साहित्यिक शब्दमाफर्त संगठन विस्तारको विरोध गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘ती सबै साथी, सहयोद्धा, सहकर्मी, सहयात्री अनि सदस्यहरुलाई सलाम । म पत्रकारितामै छु । यहाँसम्म आइपुगेँ आफ्नै हैसियतले । कहिलेकहीँ हुन्न सोचेजस्तो केही कैफियतले ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP