आइतबार , भाद्र १४, २०८३

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा इन्धनको मूल्य बढेको सन्दर्भमा देशमा विद्युतीय सवारी प्रयोग गर्न सुझाएका छन् । बुटवलस्थित क्षेत्रीय विद्युत् प्राधिकरणको कार्यालयमा पुगेका घिसिङले पत्रकारहरूसँग कुरा गर्दै प्राधिकरणले देशैभरि ५० भन्दा धेरै विद्युत् चार्जिङ स्टेसन निर्माण गर्न लागेको जानकारी दिए । घिसिङले निजी कम्पनीहरूले समेत चार्जिङ स्टेसन खोल्न चाहेमा प्राधिकरणले सहजै अनुमति दिनेसमेत उद्घोष गरेका हुन् ।

यस्तै घिसिङले देशभरि उद्योगहरूलाई चाहिने जति विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम रहेको समेत बताए । कुलमानले भने,‘औद्योगिक करिडोरहरूलाई चाहिने विद्युत् हामीले उपलब्ध गराउने छौँ।’ सब स्टेशन निर्माण र ट्रान्समिसन लाइनहरूको विस्तार भइरहेको र भारतलाई समेत उपलब्ध विद्युत् बेचिरहेको घिसिङको भनाई थियो । घिसिङले विद्युत्लाई सकेसम्म नेपालमै आपूर्ति गर्ने र बाकी रहे मात्रै भारतलाई बेच्ने बताए । उनले उद्योगीहरूलाई परेको ट्रङ्क लाइनको विषय पनि प्राधिकरणले समाधान गर्नेतर्फ छलफल केन्द्रित गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP