बिहिबार , जेठ ३०, २०८२

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा इन्धनको मूल्य बढेको सन्दर्भमा देशमा विद्युतीय सवारी प्रयोग गर्न सुझाएका छन् । बुटवलस्थित क्षेत्रीय विद्युत् प्राधिकरणको कार्यालयमा पुगेका घिसिङले पत्रकारहरूसँग कुरा गर्दै प्राधिकरणले देशैभरि ५० भन्दा धेरै विद्युत् चार्जिङ स्टेसन निर्माण गर्न लागेको जानकारी दिए । घिसिङले निजी कम्पनीहरूले समेत चार्जिङ स्टेसन खोल्न चाहेमा प्राधिकरणले सहजै अनुमति दिनेसमेत उद्घोष गरेका हुन् ।

यस्तै घिसिङले देशभरि उद्योगहरूलाई चाहिने जति विद्युत् आपूर्ति गर्न प्राधिकरण सक्षम रहेको समेत बताए । कुलमानले भने,‘औद्योगिक करिडोरहरूलाई चाहिने विद्युत् हामीले उपलब्ध गराउने छौँ।’ सब स्टेशन निर्माण र ट्रान्समिसन लाइनहरूको विस्तार भइरहेको र भारतलाई समेत उपलब्ध विद्युत् बेचिरहेको घिसिङको भनाई थियो । घिसिङले विद्युत्लाई सकेसम्म नेपालमै आपूर्ति गर्ने र बाकी रहे मात्रै भारतलाई बेच्ने बताए । उनले उद्योगीहरूलाई परेको ट्रङ्क लाइनको विषय पनि प्राधिकरणले समाधान गर्नेतर्फ छलफल केन्द्रित गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

दाइ मारेर जेल परेका सुजन संविधान दिवसमा छुटे, घरै बोलाएर पूर्वपत्नी र दुई छोरीको हत्या

प्रचण्डले दिए पूर्वराजा ज्ञानेन्द्रलाई जेल हाल्ने चेतावनी, पहिले सेक्युरिटी झिकिदिने

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु