आइतबार , भाद्र १४, २०८३

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले आफ्नो समूहबाट साझा उम्मेदवार बनाउनुपर्नेमा जोड दिएका छन् ।आफू निकट नेताहरूसँग आज गौशालास्थित अनुपम फुडल्यान्डमा भएको छलफलमा उनले आकांक्षीहरू मिल्न नसके आफू नै सर्वमान्य सभापतिको उम्मेदवार बन्ने स्पष्ट पारे ।

बैठकमा सहभागी एक नेताकाअनुसार नेता पौडेलले अन्य आकांक्षीहरू मिल्न नसकेकाले समूहमा समस्या पैदा भएको पनि उनले उल्लेख गरे । “कि त तपाईंहरू मिलेर साझा उम्मेदवार दिनुहोस्, हैन भने मलाई छाड्नुहोस्,” पौडेललाई उद्धृत गर्दै ती नेताले भने । बैठकमा सहभागी केही नेताहरूले सर्वसम्मत बन्ने भएमात्र पौडेललाई उम्मेदवार बन्न सुझाव दिएका थिए । “सर्वसम्मत बने तपाईं उम्मेदवार बन्नुहोस्, नभए आकांक्षीमध्ये एक जनालाई सर्वसम्मत बनाउनुहोस् भनेर रामचन्द्र दाइलाई हामीले भन्यौँ,” ती नेताले बाह्रखरीसँग भने ।

जवाफमा पौडेलले सभापतिका आकांक्षी चार जनालाई राखेर युवा नेताहरूले समाधान खोज्नुपर्ने भनेका थिए । “केही दिनभित्रै चारजनालाई राखेर तपाईं युवा नेताहरूले सर्वसम्मत उम्मेदवार खोज्नुहोस्, चाँडो गर्नुहोस्,” बैठकमा पौडेललले भनेका थिए ।

बैठकमा १४औँ महाधिवेशनमा सभापतिका आकांक्षीहरू पौडेलसहित डा. शशांक कोइराला र शेखर कोइरालाको पनि उपस्थिति थियो ।

आजको बैठकमा सभापतिका अर्का आकांक्षी प्रकाशमान सिंह भने अनुपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP