आइतबार , भाद्र १४, २०८३

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँग व्यवस्थापकीय क्षमता छ । यही क्षमताले उनले विगतमा नेकपा एमालेको संगठनलाई देशभर मजबुत पारेका थिए । अहिले पनि एमालेको कार्यकर्ता देशको हरेक क्षेत्रमा बलियो पकड बनाएर बसेका छन् । कुशल व्यवस्थापक भएकैले माधव नेपालले नेकपा एमाले फुटाएर बनेको नेकपा एसलाई मजबुत बनाउँदै लगेका छन् ।

नेपालले देशभर नेकपा एसको संगठन विस्तार गर्दै लगेका छन् । जिल्ला कमिटीहरु बनाउँदै क्षेत्र र पालिका तहसम्म विस्तार गरिरहेका छन् । वडा तहसम्म नेकपा एसको संगठन निर्माण गरेर माधव नेपालले आगामी निर्वाचनमा पार्टीलाई मजबुत बनाउने रणनीति बनाएका छन् ।

पूर्व देखि पश्चिमसम्म दौडधूपमा रहेका माधव नेपालले एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्टहरुको पहिचान गर्न निकटस्थहरुलाई लगाएको बुझिएको छ । असन्तुष्टहरुलाई चिन्दै र तान्दै गर्न थालेका छन् । इटहरीका मेयर द्वारिकलाल चौधरी सुनसरीमा असन्तुष्ट भएको जानकारी पाउनेवित्तिकै नेपाल उनकै निवास पुगेका छन् । चौधरी पछिल्लो समय ओली पक्षसँग असन्तुष्ट छन् ।

देशका विभिन्न जिल्ला, पालिका र वडा तहसम्म ओलीसँग असन्तुष्टहरुको पहिचान गरी तान्ने अभियान नेपालले चलाएका छन् । उनले आफ्नो समूहबाट एमालेमै रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य, रघुजी पन्त पनि पेलाईमा परेर अवसरविहिन हुनुपर्ने निष्कर्ष निकालेको बुझिएको छ ।

एमालेको महाधिवेशन सकिएलगत्तै असन्तुष्टहरु थपिने र उनीहरुलाई नेकपा एसमा तान्ने गरी नेपालले तयारी थालेका छन् । पार्टी संगठन बलियो बनाएर माओवादीसँग एकीकरण या चुनावी गठबन्धनसम्मको रणनीतिका साथ नेपाल अगाडि बढेका छन् ।

यसै पनि माधव नेपालले ओलीलाई एकपछि अर्को धक्का दिइसकेका छन् । ओलीको सत्ताबाट बर्हिगमनमा माधव नेपालकै शक्ति मुख्य बन्यो । उनले प्रदेश सरकारमा एमालेको नेतृत्व अन्त गराए । राष्ट्रिय सभाको चुनावमा पनि एमाले उम्मेदवारलाई हराउन सके । यसरी एकपछि अर्को धक्का दिदै बढेका माधव नेपालले अब भने आफ्नो शक्तिसञ्चय बढाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता


TOP